टमाटरको अचार : Photo Series !!

चिसो छिटो बडेकोले बारीमा रोपेको टमाटरहरु कुहिदै गएको देख्दा दिक्क लाग्यो । के गर्ने होला यती मेह्नातले रोपेको टमाटरहरु खेर जाने भयो भनेर सोच्दै बसे, तर फेरी उहिले खै कस्कोमा हो याद चाँही छैन तर साह्रै मिठो काँचो टमाटरको अचार खाएको थिए । त्यही स्वाद ठय्याकै याद आयो । अब यो टमाटरलाई यतिकै कुहिन दिनु भन्दा अचार हाल्न बेस हुन्छ भन्न ठानेर बारीमा गएर मजाले टमाटर टिपेर ल्याए अनी अचार हाले । निक्कै नै मिठो र स्वादिलो लाग्यो, आँफै बनाएर पनि हो कि । त्यही बेलामा क्यामरा पनि छेउमै भएको कारण मसला हाले पिछे फोटो खिच्दै गए ।

१. पहिले बारीमा भएको दुबै काँचो र पाकेको टिपेर ल्याए ।


२. त्यस पछी टमाटरलाई राम्ररी धोइ पखाली गरे ।


३. टमाटरलाई सानो सानो पारेर काटे ।


४. त्यसमा स्वाद अनुसार नुन, बेसार र मसला हाले । 


५. पिरो पिरो भयो भने झन मिठो हुन्छ भनेर रातो खुर्सानीको धुलो हाले । 


६. फेरी लसुन, अदुवा र हरियो खुर्सानी  थपे । 


७. त्यस पछी मेथी, जीरा, ज्वानो, रायो र धनीया भुटेर पिसेको धुलो हाले । 


८. अनी सब्बै टमाटरलाई मले । 


९. फेरी त्यसमा काँचो तोरीको तेल हाले ।  


१०. फेरी सब्बै टमाटरलाई मले । 


११. अन्तिममा ओभानो सिसाको बोतलमा अचार कसेर हाले ।






1 comment

  1. Aba ma pani banaera khanchhu... photo ma herda ta ashadyai swadista hola jasto chha... Well Done.. People like it..

    ReplyDelete